आँबुखैरेनी, २९ फागुन । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिकै मिनिबसले टाटा सुमोलाई ठक्कर दिएको छ। भर्खरै प्राप्त जानकारी अनुसार दिउँसो अन्दाजी १ बजेतिर मुग्लिनबाट पोखरातर्फ जादै गरेको ग ३ ख ३०७ नम्बरको मिनिबसले आँबुखैरेनीबाट मुग्लिनतर्फ आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमोलाई ठक्कर दिएको हो।
बसको ठक्करबाट टाटा सुमो गाडी सडक नजिकै खोल्सामा खसेको छ। दुर्घटनामा मानवीय क्षति पनि हुन सक्ने प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका दिएको जानकारी अनुसार अहिले घाईतेहरुको उद्दारकार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।