चितवन, २६ फागुन । चितवनमा अवैध नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न २० वटा सवारी साधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बिहीबार) विहान इच्छाकामना गाउँपालिका–७ भालुमारामा विहान ५ः३० बजेको समयमा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको हो ।
नदिजन्य पदार्थको उत्खनन तथा ओसार–पोसार गरिरहेको अवस्थामा ४ वटा जेसीबी, लोड गरिसकेका १० वटा टिपर र ६ वटा ट्रयाक्टर गरी २० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय, भरतपुरमा बुझाईएको चितवन प्रहरीले जनाएको छ ।