Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पञ्चवर्षीय योजना पास गर्दै सकियो गण्डकी गाउँपालिकाको नवौ गाउँसभा

पञ्चवर्षीय योजना पास गर्दै सकियो गण्डकी गाउँपालिकाको नवौ गाउँसभा

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
पञ्चवर्षीय योजना पास गर्दै सकियो गण्डकी गाउँपालिकाको नवौ गाउँसभा
images

भुम्लिचोक, २४ फागुन । गोरखाको गण्डकी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ। पुस मसान्त भित्रै सम्पन्न हुनुपर्ने गाउँसभा ढिला गरि आईतबार सम्पन्न भएको हो।

गाउँसभाले पञ्चवर्षीय योजना पारित गरिनुका साथै विभिन्न ऐनहरु संसोधन गरेको छ। सभाले आर्थिक ऐनमा संसोधन गर्दै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको हकमा ढुंगाको प्रति घनमिटर ३०० रुपैयाँबाट घटाएर ८० रुपैयाँ कायम गरिएको छ भने निर्माण ब्यबसायी मार्फत हुने योजनाको हकमा भने प्रति घन मिटर ३०० रुपैयाँ यथाबत राखिएको छ।

यस्तै उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा प्रयोग गरिने डोजर, ब्याकहो लोडर, रोलर जस्ता हेभी ईकुइप्मेन्टमा लिईदै आएको १० बहाल करमा छुट दिने निर्णय समेत गरेको गाउँपालिकाका रोजगार संयोजक प्रकाश श्रेष्ठले जानकारी दिएकोछ ।

यसैगरि गण्डकी गाउँपालिका खानेपानी बोर्ड स्थापना र ब्यबस्थापन गर्न बनेको ऐन, २०७८ को प्रथम संसोधन पनि गरेको छ भने लेखा समितिले पेश गरेको लेखा समिति प्रतिबेदन समेत पारित गरेको छ ।

‘विविधतामा एकता गण्डकी बासीको सान, समृद्ध गण्डकी हाम्रो अभियान’ भन्ने दीर्घकालीन सोचका साथ गण्डकी गाउँपालिकाको प्रथम पन्चबर्षीय आवधिक योजना २०७८/७९-२०८२/८३ सभाबाट पारित भएको  छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा प्राप्त नतिजा ६०.७५ र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा प्राप्त नतिजा ८३ लाई समेत सभाले अनुमोदन गर्नुका साथै चालु आ.व. २०७८/७९ का केहि योजना तथा कार्यक्रम संसोधन तथा गाउँपालिकाबाट भएका निर्णयहरुको अनुमोदन तथा खर्च समर्थन गर्दै नवौं गाउँ सभा सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - १०:१७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology