Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

इच्छाकामना न्युज

१६, मंसिर २०७७
नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण
images

काठमाण्डौ, १६ मंसिर । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन्। 
मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। 
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ। योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ। 
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology