Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः संयुक्त राष्ट्र सङ्घ 

युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः संयुक्त राष्ट्र सङ्घ 

images

एजेन्सी

२२, फाल्गुण २०७८
युरोपमा दोस्रो विश्व युद्धपछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दैः संयुक्त राष्ट्र सङ्घ 
images

संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीले युरोपमा दोस्रो विश्व युद्ध पछि शरणार्थी सङ्कट तीव्र गतिमा बढ्दै गएको बताएको छ । एजेन्सीले रुसले युक्रेनमाथि गरेको आक्रमण पछि युरोपमा शरणार्थी समस्या दोस्रो विश्व युद्ध पछि कै धेरै भएको बताएको छ । एजेन्सीले युक्रेनबाट युद्धका कारण पलायन हुनेको सङ्ख्या चाँडै नै १५ लाख नाघ्ने पनि बताएको छ । रुसले आक्रमण गरेपछि पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी लगायतका मुलुकमा युक्रेनका नागरिक गइरहेका छन् । 

यता, रुसले युक्रेनको दुई मुख्य सहरमा अस्थायी सङ्घर्षविरामको घोषणा गरेपनि त्यो कार्यान्वयन नहुँदा उद्दारको काम रोकिएको छ । युक्रेनको मारियुपोल र भोल्नोभाखमा रुसले अस्थायी सङ्घर्षविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको बाटो खुला गर्ने भनेपनि त्यो कार्यान्वयन हुन नसकेको युक्रेनको आरोप छ । रुस र युक्रेनबीच दोस्रो चरणमा भएको वार्तामा रुसले मानवीय सहायताका लागि सहमति जनाएको थियो । तर, सहमति विपरित रुसले आक्रमण जारी राख्दा ती दुई सहरबाट नागरिकलाई निकाल्न नसकिएको युक्रेनले बताएको छ ।

यसैबीच, यक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्कीले अमेरिकासँग थप हथियार सहयोगका लागि अपिल गर्नुभएको छ ।उहाँले रुसबाट तेल खरीद गर्ने व्यवस्थामाथि प्रतिबन्धको माग समेत गर्नुभएको छ । भिडियो सन्देशमार्फत् उहाँले रुसी सेनासँग युद्धमा लड्नका लागि फाइटर जेट उपलब्ध गराइदिन अमेरिकी काँग्रेससँग माग गर्नुभएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०९:५१:३३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology