Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेनिघाट रोराङ सहित धादिङका ५ वटा स्थानीय तहमा अस्पताल भवनको शिलान्यास

बेनिघाट रोराङ सहित धादिङका ५ वटा स्थानीय तहमा अस्पताल भवनको शिलान्यास

इच्छाकामना न्युज

१५, मंसिर २०७७
बेनिघाट रोराङ सहित धादिङका ५ वटा स्थानीय तहमा अस्पताल भवनको शिलान्यास
images

धादिङ, १५ मंसिर । धादिङको बेनिघाट रोराङ गाउँपालिका जिल्लाका ५ वटा स्थानीय तहमा आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ। ती स्थानहरुमा आज एकैपटक आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको हो। 
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा १५ शैया, ज्वालामुखी गाउँपालिकाको मैदि स्वास्थ्य चौकीमा १५ शैया, त्रीपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार प्राथमिक स्वास्थ्य चौकीमा १५ शैया, बेनीघाट रोराङ गाउँपालिकाको बेनीघाट स्वास्थ्य चौकीमा १० शैया र गंगाजमुना गाउँपालिकाको फुलखर्क स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको हो।
यो सँगै आज देशभरका ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - २०:४६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology