Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम

बागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
बागमती प्रदेश स्तरिय छनौट प्रतियोगितामा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम
images

चितवन, १९ फागुन ।  बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।

images
images

गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उनले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् ।

suprika-1536x1086.jpg

बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले हेटौडामा हुने बागमति प्रदेश स्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही फाल्गुण २८ देखि चैत्र ५ गतेसम्म हुने बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङ्गले जानकारी दिएका छन् । उद्घाटन खेल हेटौडामा र समापन चितवनको माडीमा हुने गुरुङले बताए ।

 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - २१:५०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology