आँबुखैरेनी, १८ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित सत्रसय आधारभुत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर संचालनमा आएको छ। उक्त केन्द्रमा गाउँपालिकाले आजदेखि बर्थिङ सेन्टर संचालनमा ल्याएको हो।

सेन्टरको एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र १ नं. वडाका वडाध्यक्ष किसान थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। वर्थिङ सेन्टर संचालनमा आएसँगै स्थानीय नागरिकले सुरक्षित बर्थिङको सेवा पाउने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।