Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल
images

काठमाडाैं, १७ फागुन । आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका  शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । 

images
images

हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम  रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेकाे छ । 

दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएकाे छ । 

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।

१० लाखले पशुपति दर्शन गर्ने आँकलन, यस्ताे छ व्यवस्थापन

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार  महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् ।  एकैदिन १० लाखलेभ पशुपति दर्शन गर्ने आँकलन गरिएकाे छ ।्

दर्शन गर्न रुट मिलाइएकाे छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको काेषले जनाएकाे छ ।

दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा आज उपत्यकबामा विशेष ट्राफिक व्यवस्थापन गरेकाे छ । ‘महाशिवरात्रि पर्व-विशेष ट्राफिक व्यवस्थापन योजना’ अनुसार विशेषगरी पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था मिलाइएकाे महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

महाशिवरात्रिमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएकाे छ । उनका अनुसार गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ स्थान ताेकिएकाे छ ।मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएकाे छ ।

सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:०६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology