Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

करिब १४ लाख लागतमा आँबुखैरेनी पुलजिपमा खानेपानी, भान्सा घर तथा शौचालय निर्माण हुने

करिब १४ लाख लागतमा आँबुखैरेनी पुलजिपमा खानेपानी, भान्सा घर तथा शौचालय निर्माण हुने

गाउँपालिका अध्यक्ष गिर बहादुर थापाद्वारा आज शिलान्यास

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७८
करिब १४ लाख लागतमा आँबुखैरेनी पुलजिपमा खानेपानी, भान्सा घर तथा शौचालय निर्माण हुने
images

आँबुखैरेनी, १६ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका ४, स्थित पुलजिपमा करिब १४ लाख रुपैयाँको लागतमा खानेपानी, भान्सा घर तथा शौचालयको निर्माण हुने भएको छ । उक्त कार्यको आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले शिलान्यास गरेका छन् । 

274381843_2729410580537874_5314345788537113391_n.jpg

वडा नं. ४ को कार्यालयबाट खानेपानी निर्माण आयोजनाको लागि ९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। सो बजेटबाट पुलजीपमा रहेका २७ घरधुरीको लागि ३० हजार लिटरको पानी ट्याङकी निर्माण हुने पुलजिप उपभोक्ता समितिका अध्यक्ष बिजय गुरुङ्गले जानकारी दिए। यस्तै पुलजीप युवा क्लवले निर्माण गरेको समाजघर अगाडी गाउँपालिकाले उपलब्ध गरेको ५ लाख रुपैयाँले भान्सा घर तथा शौचालय निर्माण गर्ने उनले बताए। 

274650965_456610006161437_4610722488628731804_n.jpg

समितिका अध्यक्ष बिजय गुरुङको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, ४ न. वडा कार्यालयका अध्यक्ष नेत्र गुरुङ्ग,, नेपाली काङ्ग्रेस निर्वतमान तनहुँ जिल्ला सदस्य चिजा श्रेष्ठ, वडा सदस्य टेक ब. थापा, लेप ब. आले, तक माया दमै, दिनेश के.सी., क्लबका संस्थापक अध्यक्ष मन ब. गुरुङ्ग, क्लबका सचिव जय ब. गुरुङ्ग, कोषाध्यक्ष गौमती गुरुङ्ग, आँबुखैरेनी तरुण उपाध्यक्ष दिपेन्द्र अधिकारी, वडा तरुण अध्यक्ष श्रीमान थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

274642618_3060260820852565_7489456440831119795_n.jpg

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - २०:५१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology