Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीमा तीन वटा खानेपानी योजना उद्घाटन

आँबुखैरेनीमा तीन वटा खानेपानी योजना उद्घाटन

images

पत्रपत्रिका

१२, फाल्गुण २०७८
आँबुखैरेनीमा तीन वटा खानेपानी योजना उद्घाटन
images

आँबुखैरेनी, १२ फागुन । तनहुँको आँवुखैरेनी गाउँपालिकाको वडा नं. २ मा तीन वटा खानेपानी योजना उद्घाटन गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उक्त वडाका एक्लेफाट खानेपानी तथा सरसफाइ समितीको योजना, अकला आधारभुत विद्यालय र मार्की चोक खानेपानी योजना, खानिखोला सरसफाइ तथा उपभोक्ता समिति अन्तर्गत योजनाको उद्घाटन गरेका हुन् । 

खानेपानी योजना उद्घाटन गर्दै केन्द्रीय सदस्य भट्टराईले आफु सरकारी पदमा नरहे पनि व्यक्तिगत पहलबाट तनहुँ क्षेत्र नम्बर १ का पानीको अभाव खेपेका ग्रामीण बस्तीमा खानेपानी पु¥याउन सफल भएको दाबी गरेका छन् ।

‘धेरै विकास अघि बढे प िपानीकै अभावमा कोही महिला दिदीबहिनीले सास्ती बेहोर्नु नपरोस् भनि थालिएको अभियानले केही सफलता प्राप्त भएको छ’, उनले भने, ‘ग्रामीण बस्तिका घरघरमा सहज रुपमा खानेपानी पु¥याउने आफ्नो अभियान रहेको र यो अभियान पुरा गर्ने मेरो लक्ष्य छ ।’ 

उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर चितौरेको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले, भूमि आयोग अध्यक्ष रामचन्द्र अधिकारी, गाउँपलिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, नेता ध्रुवलाल प्रधान, कांग्रेस उपसभापति देवकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले आफ्नो पार्टीको नेतृत्वमा भएका विकास निर्माणका कामका चर्चा गरेका थिए । भञ्ज्याङ दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०८:३१:२८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology