Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अफगानिस्तानमा आत्मघाती आक्रमण हुदाँ २६ सुरक्षाकर्मीको मृत्यु 

अफगानिस्तानमा आत्मघाती आक्रमण हुदाँ २६ सुरक्षाकर्मीको मृत्यु 

एजेन्सी

१४, मंसिर २०७७
अफगानिस्तानमा आत्मघाती आक्रमण हुदाँ २६ सुरक्षाकर्मीको मृत्यु 
images

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ। आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो।
 पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन्। घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो। उहाँले मृतक एवं घाइते सबै सैनिक रहेको बताउनुभयो। घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गर्नुभयो। 
घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले जानकारी दिनुभयो। तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही खुलाउनुभएको छैन। उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन।

images
images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:२७:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology