Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

एजेन्सी

११, फाल्गुण २०७८
मोदीसँग टेलिभिजन बहस गर्न तयार छुः पाकिस्तानी प्रधानमन्त्री इमरान खान
images

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।

images
images

‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ । खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन् ।

आतंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ ।

भारतले पाकिस्तानलाई सीमापार आतंकवादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई ‘गैर–राज्य व्यक्ति’ का तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ । 

सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दोषी र उनीरु आबद्ध संगठनमाथि कारबाहीको माग गर्दै आएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०९:२०:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology