Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु

इच्छाकामना न्युज

१४, मंसिर २०७७
कोरोनाबाट विदेशमा थप ६ नेपालीको मृत्यु
images

कोरोनाभाइरसका कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ पुगेको छ। हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको मृत्यु भएको हो। 
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा र युकेमा १–१ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो। यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले जानकारी दिनुभयो। 
हिजो साँझसम्म  विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली सङ्क्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यो कुल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ। हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोनामुक्त भएका छन्। 
नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १९:२१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology