Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी 

रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी 

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी 
images

युक्रेन र रुसबीच युद्धको आशङ्काप्रति विश्वका शक्तिशाली मुलुकको ध्यान त्यसतर्फ केन्द्रीत भएको छ । युक्रेन सीमामा रुसले सेना तैनात गरे पछि विश्वका शक्तिशाली मुलुकले आफ्नो सबै ध्यान त्यसतर्फ नै केन्द्रीत गरेर बहस गरिरहेका छन् ।

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आशङ्काका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गरेरै छाड्ने निर्णय गरिसकेको फेरी दाबी गर्नुभएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको र त्यो आक्रमण आउँदा केही दिनभित्रै हुन सक्ने भन्दै बाइडेनले सचेत गराउनुभएको छ ।

अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको बाइडेनले बताउनुभयो । यसैबीच, गयराति युक्रेन सीमामा गोलाबारी भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । तर, त्यो आक्रमण हो वा अरु केही त्यस विषयमा भने स्पष्ट भएको छैन । रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०९:४७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology