Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि आइपुग्यो एरो थाईको विमान

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि आइपुग्यो एरो थाईको विमान

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि आइपुग्यो एरो थाईको विमान
images

बुटवल, ५ फागुन । क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । थाइल्याण्डबाट सिँधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण भएको हो । 

images
images

पाइलट, कोपाइलट, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए  । विमानले शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट गर्ने छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ । 

क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको थियो । एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो ।

क्यालिब्रेशन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक दाहालले बताए । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ । 

जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण  समय ढिलो हुनसक्ने भएको हो । १० दिनसम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नै व्यावसायिक उडानको मितिसमेत तय गरेको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरिने छ । व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ । समितिले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताए ।

त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १८:५६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology