Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नदीमा बढेको औषधि तथा औषधिजन्य फोहोरका कारण विश्व स्वास्थ्यमा चुनौति बढ्दो 

नदीमा बढेको औषधि तथा औषधिजन्य फोहोरका कारण विश्व स्वास्थ्यमा चुनौति बढ्दो 

images

एजेन्सी

५, फाल्गुण २०७८
नदीमा बढेको औषधि तथा औषधिजन्य फोहोरका कारण विश्व स्वास्थ्यमा चुनौति बढ्दो 
images

नदीमा बढेको औषधि तथा औषधिजन्य फोहोरका कारण विश्व स्वास्थ्यमा चुनौति बढेको एक अध्ययनले निश्कर्ष निकालेको छ । पारासिटामोल, निकोटिन, क्याफिन, एपलेप्सी र मधुमेहका औषधिहरु नदीमा भेटिएको युनिभर्सिटी अफ न्योर्कका अध्ययनकर्ताहरुले बताएका हुन् ।

उनीहरुले विश्वका नदी संरचनामा औषधि तथा औषधिजन्य फोहोर र त्यसले पार्ने प्रभावबारे भएको यो अहिलेसम्मकै विस्तारित अध्ययन भएको दाबी पनि गरेका छन् । अध्ययनले पाकिस्तान, बोलिभिया र इथियोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित भएको देखाएको छ । आइसल्याण्ड, नर्वे र अमेजन रेनफरेस्टका नदीहरु भने सफा देखिएको छ।

विश्वका १०० भन्दा बढी देशका नदीका एक हजार भन्दा बढी क्षेत्रबाट नमूना संकलन गरी अध्ययन गरिएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०९:०८:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology