मुग्लिन, २ फागुन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना ६ जलविरेमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। दुर्घटनामा परि एकै परिवारका श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र छोरी घाईते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको ज्यान गएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सोही दुर्घटनामा परि मृतक गुरुङको तीन वर्षीया छोरी र श्रीमान् घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
*उल्लेखित समाचारको शीर्षकमा श्रीमान् घाईते हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ।