Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतीय विदेश सचिव श्रृङगलाद्धारा गोरखाका तीन वटा विद्यालय उद्घाटन

भारतीय विदेश सचिव श्रृङगलाद्धारा गोरखाका तीन वटा विद्यालय उद्घाटन

केशव गुरुङ

१२, मंसिर २०७७
भारतीय विदेश सचिव श्रृङगलाद्धारा गोरखाका तीन वटा विद्यालय उद्घाटन
images

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाद्धारा गोरखाका तीन वटा विद्यालय भवनको उद्घाटन गरिएको छ ।

images
images

भारत सरकारको सहयोगमा पुननिर्माण सम्पन्न भएका गोरखा नगरपालिकाका तीन वटा विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।  

गोरखा नगरपालिका पालिका–९ का महालक्ष्मी मावि, वडा नम्बर १० का तारा मावि र वडा नम्बर ८ का रत्नलक्ष्मी माविको भवन उद्घाटन गर्नुभएको हो ।

महालक्ष्मी माविको विद्यालय भवन साडेँ ५ करोडमा, तारा मावि ४ करोड ७१ लाखमा र रत्नलक्ष्मी मावि ४ करोड ३३ लाख लागतमा विद्यालय भवनको पुननिर्माण सम्पन्न भएको पुननिर्माण प्रािधकरणका सचिव राम सापकोटाले जानकारी दिए ।

०७२ सालको भूकम्पले गोरखामा ४ सय ९० विद्यालयमा क्षति पु¥याएको थियो । ति मध्ये भारत सरकारको सहयोगमा ७ वटा विद्यालय पुननिर्माण भइरहेकोमा तीत वटा विद्यालय भवन सम्पन्न भई उद्घाटन गरिएको हो । 

गोरखा नगरपालिका नगर प्रमुख राजनराज पन्तले भूकम्प पश्चात भारत सरकारको सहयोगमा भूकम्प पीडित गोरखाबासीलाई घरपुर्ननिर्माणमा ठुलो सहयोग पु¥याएको बताए । 
सोहि कार्यक्रममा बोल्दै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाले विद्यालय भवन उद्घाटनमा कार्यक्रममा सहभागि हुन पाउदा खुसी लागेको बताए । 

‘भारतको सरकारको सहयोगमा पुननिर्माण भइरहेको तीन वटा स्कुल उद्घाटन गर्न पाउँदा म अत्यन्त खुसी छ,’ उनले भने, ‘विद्यालयमा अध्ययनरत करिब १ हजार ६ सय विद्यार्थीहरुलाई लाभ पु¥याउछ ।’ गोरखामा ४ वटा विद्यालय पुननिर्माणको व्रmममा रहेको उनले बताए ।

भारत सरकारको अनुदानमा ६ सय करोड लागनमा ९ जिल्लामा २ सय ७० क्याम्पस र विद्यालय पुननिर्माण भइरहेको पनि उनले जानकारी दिए । 

कार्यक्रममा भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गला, नेपालका लागि भारतीय राजदुत विनय मोहन कवात्र, पुननिर्माण प्रािधकरणका सचिव राम सापकोटा, जिल्ला समन्वय समितिका सभापति अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतको मन्तव्य राखेका थिए । 

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १६:५५:५३ बजे

केशव गुरुङ

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology