Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

र्‍यापर जेनिथको बहुप्रतिक्षित गीत नसा रिलिज , के अब उनलाई नि पुलिस ले पक्डन्छ त ?

र्‍यापर जेनिथको बहुप्रतिक्षित गीत नसा रिलिज , के अब उनलाई नि पुलिस ले पक्डन्छ त ?

इच्छाकामना न्युज

११, मंसिर २०७७
र्‍यापर जेनिथको बहुप्रतिक्षित गीत नसा रिलिज , के अब उनलाई नि पुलिस ले पक्डन्छ त ?
images

पछिल्लो समय हिपप तर्फ युवाको आकर्षण बढिरहेको छ। नया नया अनुहारहरुको आगमनले झनै यो फिल्ड लाई रोमाञ्चक बनाईरहेको छ। सोहि क्रममा पछिल्लो समयका आशालाग्दा र्यापर जेनिथ आचार्यको नया गीत सार्बजानिक भएको छ । नशा नाम राखिएको उक्त गीतले पछिल्लो युबा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरिएको छ।

जेनिथ आचार्य र जेन्टल सबिन को र्याप समाबेस गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् । डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका हुन् । भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका हुन्।

गीतको भिडियोमा जेन्टल सबिन , लक्ष्मी राना , पैसा घिमिरे , मैथली नायक भरत शाह र जेनिथ आचार्यको अभिनय रहेको । गीतको आकर्षक भिडियोले हेरुञ्जेल दर्शकको ध्यान खिच्ने बिस्वास र्यापर आचार्यको छ।

अहिले गीत संगीतमा छाडा सब्द प्रयोग भएको भन्दै कलाकार माथि प्रहरीको नजर परिरहेको अबस्थामा यस्तो खाले एडल्ट गीत सार्बजानिक भएपछी भोलिका दिनमा प्रहरीको नजर जेनिथ माथि पर्ने पक्का छ ।

बिशुद्ध मनोरन्जनका लागि निर्माण गरिएको अडियो तथा भिडियोको बिसयमा नकारात्मक धारणा नबानाउन निर्देशक तिमल्सिनाले सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई आग्रह गरेका छन्।

हेर्नुहोस यो भिडियो :

images
images

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - १९:४८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology