Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

हामीले आबुँखैरेनीमा धब्बा लगाउने काम गरेका छैनौ : गिर बहादुर थापा

हामीले आबुँखैरेनीमा धब्बा लगाउने काम गरेका छैनौ : गिर बहादुर थापा

इच्छाकामना न्युज

२४, माघ २०७८
हामीले आबुँखैरेनीमा धब्बा लगाउने काम गरेका छैनौ : गिर बहादुर थापा

भारतीय सेनामा २८ वर्ष सेवा पछि राजनीतिमा होेमिएका गिर बहादुर थापा तनहुँको आँबुखैरेनी गाँउपालिका अध्यक्ष रहेका छन् । २०१७ सालमा जन्मिएका अध्यक्ष थापा भारतीय सैनिकमा रहदा राजनिति शास्त्रको स्नातक सम्म अध्ययन गरे । त्यही क्रममा राजनीति प्रती उनको रुची बढ्दै गयो । आँबुखैरनी गाउँपालिका वडा नंं ३ का थापा भारतमा जागरिको सिलसिलामा भारतमा कांग्रेस आईको सरकारको प्रभावले जागिरे जिवन पछि नेपाली कांग्रेसमा आवद्व भएर राजनीति गरे । उनी अहिले जनताको विकासको प्यास मेटाउन सक्रिय रहेका छन् । आँबुखैरेनी गाँउपालिकामा प्रधानपञ्च सम्म भएर बुवाले जनताको सेवा गर्दाखेरि नै आफुमा जनताको सेवा गर्नुपर्छ भन्ने भावना आएर राजनीतिमा होमिएका थापासँग गरेको छोटो कुराकानी :

चार बर्षको अनुभव कस्तो रह्यो ?

images

आँबुखैरेनी गाँउपालिकामा हाम्रो चार बर्षको अनुभव काम गर्दै जादा हामी पनि विज्ञ थिएनौ जानेका थिएनौ । यो पहिला संघीयता कार्यान्वय गर्ने क्रामा हामीले धेरै कष्ट सहनु प¥यो । धेरै दुःख सहनु प¥यो ।केही ब्यवस्था नै थिएन ऐन, नियम, कानुनहरु र कार्यविधि थिएनन । ऐन ,नियम, कानुनहरु र कार्यविधि बनाउनु प¥यो ।

भौतिक पुर्वाधारहरु थिएनन ,कर्मचारी थिएनन। सबै ब्यवस्थापन गर्दा अनुभव तिता मिठा धेरै अनुभव बटुल्न अवसर पायौ । संघीयताको कार्यान्वयन गर्ने क्रममा जे जस्ता भूमिका निवाह ग¥यौ संघीयताको मर्म अनुसार नै काम ग¥यौ ।

आँबुखैरेनी गाँउपालिका मुख्य मुख्य के गर्नु भयो ?

अव मुख्य मुख्य काम पुर्वाधा निमांण को काम ग¥यो । गाँउ कार्यपालिकाको भवन निर्माण ग¥यौ । करिब सबै वडा कार्यालयहरुको भवन निर्माण ग¥यौ । एउटा वडाको मात्रै बनाउन बाँकी रहेको छ । आधारभुत सवस्थ्य केन्द्र्र सबै वडामा भवन निर्माण भएको छ । हाट बजारको काम गरेका छौ । फोहोर मैला ब्यवस्थापन केन्द्र निर्माण भएको छ । गाँउ– गाँउमा सडक निमार्ण गरेका छौ । कसैले पनि भारी बोक्नु पर्ने अवस्था छैन् । गाँउ–गाँउमा कच्ची भनेको सडक पुगेको छ । बत्ति पुगेको छ ।

गाँउ गाँउमा खानेपानीको उपलब्ध गराएका छौ । शहरी वडामा त सुद्वीकरण गरेकै पानी उपलब्ध गराएका छौ । गाँउ तिर पनि सडक बति र खानेपानीको काम भएको छ । हाम्रो पालिकाहरुमा दुई वटा विद्यालय नमुना विद्यालयका रुपमा रहेका छन् । क्षेत्रमा सुधारका लागि थुप्रै काम गरेका छौ । कृषि,पशुपालनमा लगातयका क्षेत्रको विकासका लागि समानुपातिक ढङ्गबाट काम गरेका छौ ।

आँबुखैरेनी गाँउपालिका पर्यटकीय स्थानहरुमा के के कस्ता का भएका छन् ?

आबुखैरेनी गाँउपालिकामा धेरै जसो धार्मिक पर्यटकीय स्थानहरु रहेको छन् । छिम्केश्वरी माइ मन्दिर रहेको छ महाभारत पर्वत सृङखलाको अग्लो स्थानमामा रहेको छ। आँधमिुल वाराहीमा पनि धेरै काम गरेका छौ । अकला मन्दिर सम्म पुग्ने सडक कालोपत्रे निर्माण गरेको छौ नदी कटान रोक्न तारजाली समेत गरेका छौ । ,शिवालय मन्दिर सम्म जाने सडक कालेपत्रे भएको छ । पर्यटकीय क्षेत्रमा पुर्वाधारका कामहरु गरेका छौ । छिम्केश्वरी मन्दिरको निर्माणको काम ९० प्रतिसत भन्दा बढी काम भएको छ ।

छिम्केश्वरी मन्दिर सम्म पुग्ने सडक निर्माण गरेका छौँ । आधिमुल सम्म सडक कालोपत्रे काम भएको छ । यो आर्थिक बर्षमा २ करोड बढी लगानी गरेर मन्दिर सम्म पुग्ने सडक कालोपत्रे गर्ने टेन्डर भएको छ । ऐना पहरामा डिपियार तयार भएको छ । बजेट अभावमा अगाडी बढाउन सकेका छैनौ । बजेटका लागि प्रदेश सरकारसँग रकम माग गरेका छौ । हामीले आँबुखैरेनी गाँउपालिका जनप्रतिनिधिहरु,कर्मचारी र जनतासँग मिलेर काम गरेको छौ ।

साढे चार बर्षको कामलाई आफुले आफुलाई कसरी मुल्याङ्कन गनुभएको छ ?

हामी हाम्रो कामहरुबाट सन्तुष्ट रहेका छौँ । हामीले आफुले आँबेखैरेनी गाँउउपालिका जनप्रतिनिधि कर्मचारी,जनतासँग मिलेर राम्रो काम गरेका छौँ । धेरै काम गरेका छौ। केही कामहरु सुरु गरेका आफुना कार्याकालमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मात्र हो । सन्तुष्टि छ , केही अधुरा ,अपुरा काम पुरा गर्ने इच्छा मात्रै । हामीले आबुँमा धब्बा लगाउने काम केही गरेका छैनौ ।

साढे चार वर्षमा केही काम छुटे की ?

धेरै काम भएका छन् । मैले एउटा रंगशालाको अवधारणा ल्याएको थिए । आँबुखैरेनी गाँउपालिकामा प्रदेश स्तरको रंगशाला बनाउने पाए तनहुँकै नमुना रंगशाला बनाउने इच्छा रहेको छ । काम सुरु भएको छ तर पुरा भएको छैन् । एउटा बहुउद्देश्यीय भवन बनाउन पाए आफ्नै कार्यकलामा सुरु गर्न पाए भन्ने छ । मठ मन्दिरमा अलिअलि काम बाँकी छ ।

आँधमिुल सम्म कालोपत्रे सडक आफ्नै कार्यकालमा पु¥याउन पाए भन्ने इच्छा छ । छिम्केश्वरी मन्दिर सम्म कालोपत्रे सडक पु¥यान पाए हामीले सुरु गरेको काम हामीले सम्पन्न गर्न पाए सुनमा सुगन्ध हुने थियो भन्ने छ । जस्तो आँबुखैरेनी गाँउपालिका एउटा फुटवल मैदान निर्माण गर्न पाए भन्ने छ ।

संघ र प्रदेशका सरकारले कस्तो सहयोग पाउनु भयो ? के गर्नुपथ्यो ?

कानुन निर्माणको पाटोमा खासै त्यस्तो मलाई लाग्दैन । तर पनि मलाई के लाग्छ भने जतिपनि सांसद विकास बजेटहरु छ जति पनि संघ सरकारबाट आउने बजेटहरु छ, प्रदेश सरकारबाट आउने योजनाहरु छ ती योजनाहरु पनि सिधै सम्झौता नगरीकन गाउँपालिका अन्र्तगत नै ल्याउन पाए गाउँपालिका स्थानिय तह अन्र्तगत नै पठाउन गरि नियम कानुनहरु बनिदिएको भए त्यो पनि राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ ।

अर्को कुरा यो जति पनि प्राकृतिक स्रोत साधनहरुको हिस्सेदारी छ यो हिस्सेदारी ६०/४० को हिस्सेदारी छ । ६० प्रतिशतको गाउँपालिका तथा स्थानिय तहहरुले राख्छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउँनुपर्दछ । त्यो पनि अब हामी स्थानिय तह मै बजेटहरु राख्न पाए अझै राम्रो विकासहरु हुन्थ्यो किनकी जति पनि हामीले बजेटहरु पठाउँछौ त्यो बजेटको अनुपातमा जुन हिस्सेदारी छ त्यसको अनुपातमा पनि हामीलाई प्रदेश सरकारबाट वित्तिय हस्ताणतरण भएको छैन् । त्यस कारण त्यो पनि राख्न पाए अझै विकास हुन्थ्यो कि भन्ने चाहि मलाई लाग्छ ।

अन्त्यमा भन्नुपर्ने केही छन की ?

होइन, त्यस्तो खासै लाग्दैन । अहिले सम्म साढे चार वर्षमा जति पनि काम ग¥यौ संघको प्रदेशका सरकार सबै जनताहरुको साथ र सहयोगले नै गरेको कुरा हो । जे होस् हामीले कोभिडमा पनि धेरै समय बिताउन प¥यो । कोभिडले गर्दा पनि हामीले सोचेका जति(जति योजनाहरु सुरु गरेका थियौ त्यो योजनाहरु पुरा गर्न सकेन ।

त्यो भुकम्पले गर्दा पनि हामीलाई अलिकति अफ्ट्यारो बनायो । किनकी त्यो ०७४ साल पछि जति नै प्राधिकरणको काम सुरु भयो । विभिन्न समयमा आउने गरेको प्राकृतिक प्रकोपहरुले गर्दा खेरि पनि हामीलाई असजिलो बनायो । बाकी त सबै संघ सरकार, प्रदेश सरकार यहाँका जनप्रतिनिधि,कर्मचारी लगायत आँबुखैरेनीको जनताप्रति सबैसँग म सन्तुष्ट नै छु । उद्घोष न्युजबाट

 

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - १८:१६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology