Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सातै प्रदेशमा आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै

सातै प्रदेशमा आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै

इच्छाकामना न्युज

११, मंसिर २०७७
सातै प्रदेशमा आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै
images

काठमाण्डौं, ११ मंसिर । आज र भोली  सरकारले  देशभरका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि र बालभिटा खुवाउँदैछ।
कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुनेछ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिईनेछ । कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वयंसेविका र २५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।
गत आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखबाट असारमा सरेकाले कार्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा सारिएको हो ।
पहिलो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएकोमा यस पटक भने कोरोना संक्रमणका कारण ५ हप्ता पछि सरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीकाअनुसार, २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबिालकालाई बालभिटा खुवाउने लक्ष्य सरकारको छ ।

images
images

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०९:२८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology