Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समिता गुरुङको स्वरमा पहिलो गीत ‘रुनी बनायौ...’ सार्वजनिक

समिता गुरुङको स्वरमा पहिलो गीत ‘रुनी बनायौ...’ सार्वजनिक

इच्छाकामना न्युज

२२, माघ २०७८
समिता गुरुङको स्वरमा पहिलो गीत ‘रुनी बनायौ...’ सार्वजनिक
images

श्रुती संगीत विद्यालयको प्रस्तुतीमा नवप्रवेशी गायीका समिता गुरुङको स्वरमा पहिलो गीत ‘रुनी बनायौ...’ सार्वजनिक भएको छ। गीतकार संगीतकार नरहरी प्रेमीको अफिसियल युट्युब च्यानल Narahari Premee  मा गीत सार्वजनिक भएको हो। 

images
images

नवप्रवेशी गायीका समिता गुरुङको स्वर रहेको गीतमा नरहरी प्रेमीको शब्द र संगीत छ भने गीतको एरेन्ज लक्षुप्रकाश मल्लले गरेका छन् । यस्तै गीतको मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेको छ। 

रेकर्डिङ स्टुडियो भित्रै खिचिएको गीतको भिडियो कृष्ण बस्नेतले खिचेको हो भने राजकुमारले सम्पादन गरेको हो ।
आधुनिक शैलीको गीतमा आफ्नै कथा व्यथा समेटेर पहिलो पटक गाउँने प्रयास गरेकोले गीत कस्तो बनेको छ हेरेर सुनेर प्रतिक्रिया दिनुहुन गायीका गुरुङले सबैलाई आग्रह गरे। 

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - ०९:५५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology