Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गीतबाटै गाउँ चिनाउदै आँबुखैरेनीका रन्जित गुरुङ,  सार्वजनिक गरे लाब्दी भटिश्वरा गाउँ चिनारी गीत (भिडियो सहित)

गीतबाटै गाउँ चिनाउदै आँबुखैरेनीका रन्जित गुरुङ,  सार्वजनिक गरे लाब्दी भटिश्वरा गाउँ चिनारी गीत (भिडियो सहित)

इच्छाकामना न्युज

१०, मंसिर २०७७
गीतबाटै गाउँ चिनाउदै आँबुखैरेनीका रन्जित गुरुङ,  सार्वजनिक गरे लाब्दी भटिश्वरा गाउँ चिनारी गीत (भिडियो सहित)
images

तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ५ का रन्जित गुरुङ आफ्नै गाउँको बयान गर्दै गीतबाटै गाउँ चिनाउन लागि परेका छन्। गुरुङले आफ्नै गाउँ लाब्दी भटिश्वरा वरपरको बयान गर्दै ‘लाब्दी भटिश्वरा गाउँ चिनारी गीत...’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल रन्जित गुरुङ मार्फत आज सार्वजनिक गरेको गीत लोकदोहोरी लयमा छन्। 
गीतमा रन्जित गुरुङ र अमृता नेपालीको स्वर रहेको छ भने गीतको शब्द र संगीत गोर्खाली सर्जक रमेश परियारले गरेका छन्। यस्तै गीतमा संगीत एरेन्ज बिनोद बाजुरालीले गरेका छन्। 
तनहुँकै सबैभन्दा अग्लो डाडाँमा अवस्थित छिम्केश्वरी माईको मन्दिर र छिम्का लेकका साथै लाब्दी भटिश्वरा गाउँको सुन्दर दृश्यहरु समावेश गरिएको गीतको म्युजिक भिडियोमा कुमार गुरुङ र स्याना गुरुङले अभिनय गरेका छन्।
विशेष गरेर गुरुङ बाहुल्य बसोबास रहेको लाब्दी भटिश्वरा गाउँको बयान गर्दै खिचिएको गीतको भिडियोमा गुरुङ समुदायको घाँटु, चुट्का नाच, रोधी संस्कार लगायतको झलक पनि देख्न सकिन्छ।

images
images

हेर्नुस् पुरा भिडियो

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १८:५९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology