Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'नक्कली'मा अमन र प्रियानाको रोमान्स ( भिडियो )

'नक्कली'मा अमन र प्रियानाको रोमान्स ( भिडियो )

इच्छाकामना न्युज

२०, माघ २०७८
'नक्कली'मा अमन र प्रियानाको रोमान्स ( भिडियो )
images
चार वर्षकै उमेरमा  गीत गाएर नेपाली संगीतमा आफुलाई परिचित बनाउन सफल युवा गायक अमन प्रधान ‘रकस्टार’का रुपमा चिनिन्छन् । उनले ५० भन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रतिभा प्रस्तुत गरिसकेका छन् । १० वर्षको उमेरमा  ‘अमन द रकस्टार’ नामक एल्बम सार्वजनिक गरेका गायक प्रधानले हाल सम्म दर्जनौ गीतमा आफ्नो स्वर दिसकेका छन्।

हालै उनको स्वरमा समावेश रोमाण्टिक भर्सनको 'नक्कली' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका अबुन पाण्डेको रहेको छ भने  संगीत अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालको रहेको छ।

यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रियाना आचार्य 'मुन्नी' गायक प्रधान बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बुद्ध  थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  

निकेश खड्काको निर्देशनमा भिडियोमा  तयार पारिएको हो।  हो। कान्तिपुर होलिडेज अस्ट्रेलियाको  सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल 'अमन प्रधान' मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायक प्रधानको स्वरमा 'साझ बिहानी' , 'बेबी आइ लव यु', 'हेलो' र तस्बिर २ लगायत अन्य थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:१३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology