Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी

आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी

एजेन्सी

१९, माघ २०७८
आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी
images

बलिउड अभिनेता जेकी श्राफले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाए । जेकीको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो । उनले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाए र उनको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ । जेकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ ।

images
images

आफ्नो जन्मदिनमा उनले आफ्नो बायोपिकको विषयमा कुरा गरेका छन् । एक अन्तरवार्तामा उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए । ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उनले भनेका छन् ।

उनलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले छोरा टाइगर श्राफको नाम लिएका छन् । टाइगर आफूजस्तै देखिने विश्वास जेकीमा छ ।

जेकी आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहन्छन् । यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन् । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गरेका उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन् ।

जेकी पछिल्लोपटक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’मा देखिएका थिए ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०९:०८:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology