शहीदलखन, ६ मंसिर
गोरखाको शहिद लखन गाउँपालिकाले अतिअशक्त नागरिकहरुका लागि घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गर्ने भएको छ। मङ्सिर ७ गतेबाट सुरु हुने अभियानमा पहिलो दिन आइतबार मनकामना दोश्रो दिन सोमबार बक्राङ, ४, तेश्रो दिन मँगलबार वडा नम्बर ५,६ बुधबार वडा नम्बर ७,८ र विहिबार ९ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागेको हो ।
परिचयपत्रका लागि ४ प्रति अटोसाइजको फोटो, नागरिकताको फोटोकपी , नागरिकता नभएको अवस्थामा जन्म दर्ताको फोटोकपी ल्याउनु पर्नेछ।
अशक्त नागरिकहरु परिचयपत्र निर्माणका लागि सम्बन्धित स्थानमा पुग्न सहज नहुने र स्थानीय सरकारले नागरिकका लागि गर्नुपर्ने यो एउटा महत्वपूर्ण काम भएकोले अति अशक्त नागरिकहरुका लागि सहिदलखन गाउँपालिकाले घर घर पुगेर परिचयपत्र प्रदान गर्न लागेको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । नेपाल सररकारले अपाङ्गताको प्रकार शारिरिक अवस्था हेरेर निर्धारण गरेको छ ।