Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

इच्छाकामना न्युज

२७, पौष २०७८
आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द
images

काठमाडौं, २७ पुस । काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ ।

images
images

२५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएकाे हाे । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएकाे छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा काेभिडकाे जाेखिम बढेपछि यस्ताे निर्णय लिनुपरेकाे बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाकाे अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुराेध गरेकाे छ । 

ललितपुरमा आजदेखि बालबालिकालाई खाेप लगाइँदैछ । 

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ०८:५६:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology