तनहुँ, ६ मंसिर
तनहुँको व्यास नगरपालिका– ८ गाडाँपानी गाउँका युवाहरु नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन। पार्टी प्रवेश गराउदैँ गण्डकी प्रदेश सांसद राम बहादुर गुरुङले विकास निर्माणको कामलाई प्राथमिक लक्ष्यमा राखिने बताउनुभयो। उँहाले नेपाली कांग्रेसले बर्षौदेखी गर्न नसकेको विकासको काम तनँहुमा ३ बर्षमै गरेर देखाउने पनि संकल्प गरेका छन ।
यसैगरी प्रतिनिधि सभा सांसद कृष्णकुमार श्रेष्ठ किसानले उतm पार्टी प्रवेशको कार्यक्रममा गाउको दयनिय अवस्था देख्नुपर्दा मनमा बेचैनी भएको बताउनुभयो । उँहाले नेपाली कांग्रेसका नाम चलेका बरिष्ठ नेताहरुका जन्मथलो नै विकट होला भन्ने कहिल्यै नसोचेको स्पष्ट पार्नुभयो । सांसदद्धयले गाँउका युवाहरुलाई टीका र फुलमाला लगाएर नेकपामा स्वागत गरेका थिए ।