Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँबाट ८ जुवाडे नगदसहित पक्राउ

तनहुँबाट ८ जुवाडे नगदसहित पक्राउ

इच्छाकामना न्युज

६, मंसिर २०७७
तनहुँबाट ८ जुवाडे नगदसहित पक्राउ
images

तनहुँ, ६ मंसिर
 तनहुँको बेलबासबाट ८ जुवाडेलाई जिल्ला प्रहरी कार्यालय  तनहुँले नगदसहित पक्राउ गरेको छ।
शुक्रबार राती जिल्लाको व्यास नगरपालिका वडा नं १३ बेलबास स्थितमा बलराम रानाको घर भित्र जुवा ९तास० खेली रहेका गोप्य सुचनाको जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा ७ जनाको टोलीले जुवाडेसहित नगद तथा तास खेल्दा प्रयोग गरेका बरामद गरेको हो ।
पक्राउ पर्नेमा केशर आले, यम बहादुर आले, गगन सिंह परियार, बलराम राना, चन्द्र बहादुर मगर, बिष्णु बहादुर सेढाई, बिवेक बहादुर सेढाई र तुला थापा मगर रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नेपाली नगद २६ हजार २७५ रुपैयाँसहित तास २७० पत्ति, तन्ना थान १ बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक सबिता केसीले जानकारी दिईन ।

images
images

 

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १९:४१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology