Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको चुम्लिङ्गटारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३५ जनाले गरे स्वास्थ्य जाँच तथा उपचार

इच्छाकामनाको चुम्लिङ्गटारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३५ जनाले गरे स्वास्थ्य जाँच तथा उपचार

इच्छाकामना न्युज

२४, पौष २०७८
इच्छाकामनाको चुम्लिङ्गटारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३५ जनाले गरे स्वास्थ्य जाँच तथा उपचार
images

चुम्लिङ्गटार ,२४ पुस । चितवनको  इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। आज सम्पन्न शिविरमा २ सय ३५ जनाले निःशुल्क  स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगर  चितवनको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र  इच्छाकमना ३ चुम्लिङ्गटारमा सम्पन्न निःशुल्क शिविरमा १ सय ३१ पुरुष र १ सय ४ महिला गरि २ सय ३५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।  

images
images

271585382_10220905124121480_8659760410943407252_n.jpg

शिविरमा मलद्धार सम्बन्धी रोग, स्त्री तथा प्रसुती, मानसिक रोगहरु, छाला सम्बन्धी रोगहरु, श्वास प्रश्वास लगायत रोगहरुको  जाँच तथा उपचार सेवा प्रदान गरेका थिए । 

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त शिविरको उद्घाटन गर्नुभएको  थियो। जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगरका प्रमुख डा. कोपीला अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, वडाध्यक्ष गोवर्धन अधिकारी लगायतको आतिथ्यता रहेका थिए ।

271392184_473226517488020_15219948843138313_n.jpg

यसैबिच नागरिक आरोग्य  सेवा केन्द्र  इच्छाकमना ३ चुम्लिङ्गटारमा स्वास्थ्य उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको छ । हाल दैनिक निरन्तर सेवा लिने संख्या ३०/३५ जना रहेको केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०७८ शनिवार - २०:५९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology