Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित)

‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित)

इच्छाकामना न्युज

५, मंसिर २०७७
‘नक्कली साली’ पछि योगेश काजी र विजय दर्पणले ल्याए ‘बारीको कर्कलो’ (भिडियोसहित)
images

निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ ‘बारीको कर्कलो’ मा । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।
राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।  अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।

images
images

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १६:२४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology