Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन नजिकै तीन नं. पुलमा मोटरसाईकल दुर्घटना अपडेट : गम्भिर घाईते २ जनाकै मृत्यु

मुग्लिन नजिकै तीन नं. पुलमा मोटरसाईकल दुर्घटना अपडेट : गम्भिर घाईते २ जनाकै मृत्यु

इच्छाकामना न्युज

१६, पौष २०७८
मुग्लिन नजिकै तीन नं. पुलमा मोटरसाईकल दुर्घटना अपडेट : गम्भिर घाईते २ जनाकै मृत्यु
images

मुग्लिन, १६ पुस । मुग्लिन–नारायणगढ सडक खण्डमा आज साँझ भएको दुर्घटनामा परि गम्भिर घाईते भएका मोटरसाइकलमा सवार २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

images
images

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ र ६ को सीमा स्थल ३ नम्बर पुलमा नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ग १ ज ७१७० नम्बरको जिपले विपरित दिशाबाट गइरहेको प्र. ३–०२–००७ प ६३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल सवार २ जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका कपनका अन्दाजी वर्ष २० का प्रकास ढकाल र सोही स्थानका अन्दाजी वर्ष १९ का आयुष कुमार खड्का रहेको प्रहरीले जनाकाएको छ ।

मोटरसाइकलमा लेखिएको PDP Vlog हुदा मृतक ढकाल Vloger समेत रहेको आशंका गरिएको छ । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटना पछि उक्त सडक खण्ड केही समय अवरुद्ध बन्न पुगेको थियो ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - २१:४३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology