Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुर्खेतका धिरेन्द्र सलामी र अछामकी पवित्रा खड्का भए“खोजि आवाजको” पहिलो बिजेता

सुर्खेतका धिरेन्द्र सलामी र अछामकी पवित्रा खड्का भए“खोजि आवाजको” पहिलो बिजेता

इच्छाकामना न्युज

४, मंसिर २०७७
सुर्खेतका धिरेन्द्र सलामी र अछामकी पवित्रा खड्का भए“खोजि आवाजको” पहिलो बिजेता
images

काठमाडौं, ४ मंसिर । रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् । 
लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए । 
देशभरका एक सय भन्दा बढि रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणि मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रमको संचालन ईन्द्रेणिका संचालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणि गौतमले गर्ने गरेका छन् । । “खोजि आवाजको” प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गाएक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।
पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडि काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।
यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामि मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।
यस्तै तेस्रो रेडियो अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाण्डौ, नविन बोहरा डोटि, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए । 
तीन अडिसनबाट ६ जना छानिएका थिए ।  जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । 
फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।

images
images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १८:५५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology