Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निकिशा श्रेष्ठमाथि सडकमा दुव्र्यवहार गर्ने तीनै जना पक्राउ 

निकिशा श्रेष्ठमाथि सडकमा दुव्र्यवहार गर्ने तीनै जना पक्राउ 

इच्छाकामना न्युज

४, मंसिर २०७७
निकिशा श्रेष्ठमाथि सडकमा दुव्र्यवहार गर्ने तीनै जना पक्राउ 
images

भक्तपुर, ४ मंसिर । निकिशा श्रेष्ठमाथि दुव्र्यवहारमा गर्ने र भिडिओ अपलोड गर्ने तीनै जना पक्राउ परेका छन्।  महानगरीय प्रहरी परिसर, भक्तपुरले निकिशामाथि दुव्र्यवहार गर्ने तीनै जनालाई आज  पक्राउ गरेको हो। 
प्रहरीले भक्तपुर नगरपालिका ५ टौमढीका १७ वर्षका विशेष जोशीलाई विहान पक्राउ गरेको थियो। अन्य दुई जना किशोरलाई पनि दिउँसो तीन बजे पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।  वडा नम्बर १ का  १९ वर्षका सफिल खत्री र १६ वर्षका एक किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले ती किशोरको उमेर कम भएको हुँदा परिचय भने गोप्य राखेको छ। 
उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।  प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।  निकिशामाथि भक्तपुरको वडा नम्बर एकमा सफिल खत्री लगायतले अपशब्द प्रयोग गरी दुव्र्यवहार गरेका थिए। 

images
images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १८:३०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology