Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी, १४ दिन होमक्वारेन्टाइन नबसी दिल्ली हिँडेकी थिइन्

अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी, १४ दिन होमक्वारेन्टाइन नबसी दिल्ली हिँडेकी थिइन्

एजेन्सी

२, पौष २०७८
अभिनेत्री आलियाविरुद्ध एफआइआरको तयारी, १४ दिन होमक्वारेन्टाइन नबसी दिल्ली हिँडेकी थिइन्
images

बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ । उनी गत डिसेम्बर ८ मा निर्माता करण जोहारको पार्टीमा सहभागी भएकी थिइन् । यो पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो । 

images
images

नियमानुसार आलिया उक्त पार्टीमा रहेकाले उनले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका नयाँदिल्ली पुगेकी थिइन् । यसपछि बीएमसीले उनलाई दिल्लीमा नै क्वारेन्टाइन बस्न भने पनि उनी मुम्बई फर्किइन् ।

यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ । ‘आलिया भट्ट नियम उल्लंघन गरेर दिल्ली गइन् र त्यहाँ गएपछि आफ्ना तस्वीर सामाजिक सञ्जालमा राखिन् । जुन आफैंमा गलत कुरा हो ।

आलियाले पाठ सिक्नु जरुरी छ र कानुन सबैलाई समान छ । आलिया एक सेलिब्रेटी भएकाले उनलाई धेरैले पछ्याउछन् भन्ने कुरा बुझ्न आवश्यक छ । त्यही कारण एक जिम्मेवार नागरिकका रुपमा आलियाले यी सबै नियमलाई उल्लंघन गर्नु हुँदैन थियो’, मुम्बई महानगरपालिकाको हेल्थ कमिटी अध्यक्ष राजुल पटेलले भनेका छन् ।

आलिया बुधबार रणवीर कपूर, निर्देशक अयान मुखर्जी र अन्य फिल्म टिमका साथी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’को नयाँदिल्लीमा प्रमोसन गरेकी थिइन् । यसबाहेक उनी नयाँदिल्लीको बंगला साहेब गुरुद्वारा दर्शन गर्न पनि पुगेकी थिइन् ।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - १०:२३:१८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology