Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

एजेन्सी

२१, मंसिर २०७८
वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

अमेरिकाले उत्पादन हुने खानेकुराकाे एक तिहाई खानेकुरा फाल्ने गरेकाे छ । अमेरिकाकाे वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै साे जानाकारी दिएकाे हाे । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फाेहर अ‌ाधा कटाैती गर्ने प्रतिबद्धता जनाएकाे थियाे । 

images

खाद्यन्न हिनामिना गर्दा लाखाैं डलर नाेक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलाे परिणााममा खाद्यन्न फाेहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् । 

'सन् २०१५ मा पेरिस सम्झाैतामा उल्लेख भएबमाेजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छ', प्रतिवेदनमा भनिएकाे छ । 

'जिवास्मबाट निस्काशन हुने इन्धन राेक्न सके पनि खाद्य फाेहर फाल्ने अहिलेकाे प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,' प्रतिवेदनमा भनिएकाे छ । अमेरिकामा वर्षेनी ७ कराेड ३० लाख देखि १५ कराेड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेकाे भन्दै याे खाद्यन्नले वर्षेनी १५ कराेड मानिसलाई खान पुग्ने इपीएचले जनाएकाे छ । 

सन् २०१५ मा अमेरिकाकाे कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुकाे सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घाेषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नकाे ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेकाे थियाे । 

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:४९:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology