काठमाण्डौ, २ मंसिर । कोरोना भाइरसको सङ्क्रमणका कारण दुईजना चिकित्सकको निधन भएको छ। कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा कोभिड १९ सङक्रमण भएर दुई जना चिकित्सकको निधन भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो। डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुनुहुन्थ्यो। यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुनुहुन्थ्यो। डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ।
हिजो मन्त्रालयको तर्फबाट सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको भन्दै समवेदना व्यक्त गर्नुभएको छ।