Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नितिशकुमारले बिहारको मुख्यमन्त्री पदको शपथ भोलि लिने 

नितिशकुमारले बिहारको मुख्यमन्त्री पदको शपथ भोलि लिने 

एजेन्सी

३०, कार्तिक २०७७
नितिशकुमारले बिहारको मुख्यमन्त्री पदको शपथ भोलि लिने 
images

भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले भोलि विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिनुहुने भएको छ । आज राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको हो । यससँगै उहाँले आज बिहारका राज्यपालसँग भेटवार्ता गर्नुभएको छ । 
एनडीएको नेतामा चुनिएसँगै उहाँले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताउनुभएको छ । भोलि उहाँले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएको हो । 
यद्यपि बिहारको उप मुख्यमन्त्रीको भने अझै टुङ्गो लागेको छैन । बिहारमा भारतीय जनता पार्टीका अध्यक्ष सुशील मोदी उपमुख्यमन्त्री बन्न लागेका हुन् ? भन्ने प्रश्नमा भाजपाका नेताले उचित समयमा यसको उत्तर दिने बताएका छन् । 

images
images

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १७:५५:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology