Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एपोलो पेन्ट्स चितवनको ९७ लाख रुपैयाँ चोरीको रकम सहित कम्पनीकै सेक्युरिटी गार्ड पक्राउ

एपोलो पेन्ट्स चितवनको ९७ लाख रुपैयाँ चोरीको रकम सहित कम्पनीकै सेक्युरिटी गार्ड पक्राउ

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
एपोलो पेन्ट्स चितवनको ९७ लाख रुपैयाँ चोरीको रकम सहित कम्पनीकै सेक्युरिटी गार्ड पक्राउ
images

चितवन, ३० कात्तिक । चितवनमा ९७ लाख चोरि गर्ने एकजना पक्राउ परेका छन् ।

images
images

भरतपुर महानगरपालिका -९ काँडाघारी स्थित रहेको एपोलो पेन्ट्स प्रालिको लकर फुटाई  गत कात्तिक २७ गते नगद ९७ लाख चोरी गर्ने कालिका नगरपालिका ६ बस्ने ४० वर्षिय कबिराज थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिप्रका चितवनबाट खटीएको टोलीले अनुसन्धान गर्दा चोरि रकममध्ये सोही कम्पनीकै सेक्युरिटी गार्ड बस्ने क्वाटर (भवन) मा सेक्युरिटी गार्डको रूपमा काम गर्ने थापाको कोठाभित्र लुकाईछिपाई राखेको अबस्थामा  ५७ लाख फेला पारेको जिप्रका चितवनका प्रवक्त्ता डिएसपी सूर्य थापाले जनकारी दिए ।

त्यसैगरि भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडिमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाई राखेको अबस्थामा ४०  लाख फेला परेको  हो।

चोरी कार्यमा प्रयोग गरिएका औजारहरू हेक्सा ब्लेड फ्रेम सहितको १ थान, फलामको रडबाट बनेको खुर्पी २ थान, पहेलो,निलो रङगको बोरा १ थान समेत बरामद गरिएको  डिएसपी थापाले बताए।

चोरी कार्यमा प्रक्राउ व्याक्तिलाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १७:३७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology