Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको शहीद लखन गाउँपालिकाको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस

गोरखाको शहीद लखन गाउँपालिकाको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस

न्युज कारखाना

२७, कार्तिक २०७८
गोरखाको शहीद लखन गाउँपालिकाको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस
images

घैरुङ, २७ कात्तिक । गोरखाको शहीद लखन गाउँपालिकाले कामकाजी भाषाको रुपमा मगर भाषालाई चयन गरेको छ । मगरहरुको बाहुल्य बसोबास रहेको यो गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली र दोस्रो भाषाको रुपमा मगर भाषा रोजिएको हो । शुक्रबार भएको कार्यपालिका बैठकले कामकाजी भाषा निर्णय गरेको हो ।

images
images

राणा शासनविरुद्ध भएको जनविद्रोहमा बलिदानी दिने जुठ्या थापा मगर, अछामी मगर, जीतमान गुरुङ अजपसिंह थापामगर र विराज थापामगरलाई शहीद घोषणा गर्न सरकारसँग पालिकाले सिफारिस पठाएको छ ।

यस्तै, कालु लम्साल, सन्त ज्ञानदिल दास, सुकदेव गुरुङ, सुपति गुरुङ र कुराल राना मगरलाई क्रान्तिकारी प्रजातान्त्रिक योद्धाको रुपमा सम्मान नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।

प्रथम शहीद लखन थापाको सम्मानमा ढुंगागाडेदेखि बुंकोट हुँदै मनकामनादेखि आँबुखैरेनी जोड्ने सडकलाई लखन थापा मार्ग नामाकरण गर्ने निर्णय पालिकाले गरेको छ । यो सडक लखन गाउँपालिकाको मुख्य सडक हो । यसअघि २७ माघ २०७६ को कार्यपालिका बैठकले लखन थापा मगरलाई राष्ट्रिय विभूति र जयसिंह चुमी राना मगरलाई शहीद घोषणा गर्न सिफारिस गरेको गरेको थियो । सरकारले त्यसमा कुनै सम्बोधन गरेको भने छैन ।

‘लखन थापा गोरखा र गाउँपालिकाको मात्रै होइन । देशकै गहना हुन् । उनको सम्मानमा राज्यले कन्जुस्याईं गरिरहेको छ,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘पहिले कुनै संयन्त्र थिएन । अब पालिका भनेको छ, हामी खोज्छौं र सम्मानको वातावरण बनाउछौं ।’

लखन थापाको स्मृतिमा पालिकाले २ फागुनमा सार्वजनिक विदा दिँदै आएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १८:०८:४४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology