Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरामी, मेडिसिटी अस्पतालमा भर्ना

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरामी, मेडिसिटी अस्पतालमा भर्ना

न्युज कारखाना

२७, कार्तिक २०७८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरामी, मेडिसिटी अस्पतालमा भर्ना

काठमाडौं, २७ कात्तिक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएर उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

images

धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् ।

गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १८:०२:१० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology