Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको ६ वटा वडामा एमालेको वडाकमिटि सर्वसम्मत गठन, वडा नं. १ मा भने भोली हुने

इच्छाकामनाको ६ वटा वडामा एमालेको वडाकमिटि सर्वसम्मत गठन, वडा नं. १ मा भने भोली हुने

इच्छाकामना न्युज

६, कार्तिक २०७८
इच्छाकामनाको ६ वटा वडामा एमालेको वडाकमिटि सर्वसम्मत गठन, वडा नं. १ मा भने भोली हुने
images

चितवन, ६ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाको सबै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

images
images

इच्छाकामना गाउँपालिकाका ७ वटै वडामा पार्टीको सर्वसम्मत नेतृत्व चयन गरिएको हो । ५ वटा वडामा वडा अधिवेशन सम्पन्न भएका छन् भने एउटा वडा अधिवेशनका लागि बाँकी छ । यद्यपि नेतृत्वमा भने सर्वसम्मत गरिएको छ ।

एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष कृष्ण सिलवालका अनुसार बाँकी रहेको वडा नम्बर १ मा भोलि अधिवेशन हुने छ । नेतृत्वमा भने सहमति भइसकेको छ ।

उनका अनुसार वडा नम्बर ७ को अध्यक्ष मणिराज गुरुङ्ग र सचिवमा सुमन आले चयन भएका छन् । ४ पदाधिकारीसहित ३१ जनाको नयाँ कार्यसमिति बनाइएको छ ।

यस्तै वडा नम्बर ६ को अध्यक्षमा भुपेन्द्र चेपाङ्ग, सचिवमा बेदकुमार गुरुङ्ग, वडा नम्बर ५ को अध्यक्षमा तोकनारायण श्रेष्ठ, सचिवमा तारा गुरुङ्ग, वडा नम्बर ४ को अध्यक्षमा रुद्रप्रसाद उप्रेती, सचिवमा डोलनाथ त्रिपाठी, वडा नम्बर ३ को अध्यक्षमा कमल ठकुरी, सचिवमा इश्वर पौडेल, वडा नम्बर २ को अध्यक्षमा शंकरबहादुर चेपाङ्ग र सचिवमा दिनेश चेपाङ्ग सर्वसम्मत चयन भएका छन् ।

अधिवेशन हुन बाँकी रहेको वडा नम्बर १ को अध्यक्षमा खेम पुरी र सचिवमा भिम बहादुर चेपाङ्ग सर्वसम्मत हुने सिलवालले बताए ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७८ शनिवार - २०:१९:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology