Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दुर्घटना

गोरखाको मान्बु स्थित डुन्डुरेखोलामा गएराति ट्रक खस्यो, चालकको घटनास्थलमै मृत्यू

गोरखाको मान्बु स्थित डुन्डुरेखोलामा गएराति ट्रक खस्यो, चालकको घटनास्थलमै मृत्यू

इच्छाकामना न्युज

४, कार्तिक २०७८
गोरखाको मान्बु स्थित डुन्डुरेखोलामा गएराति ट्रक खस्यो, चालकको घटनास्थलमै मृत्यू
images

गोरखा, ४ कार्तिक । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरेखोलामा गएराती ट्रक खस्दा चालक धादीङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यू भएको छ ।

images
images

बा ५ ख १२३१ नम्बरको स्वोराज मिनी ट्रक बुधवार राती सडकबाट करिब एक सय ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सन्तबहादुर लामाले बताए ।

बालुवा बोकेर धुन्चेत जाँदै गरेको ट्रकमा सवार सवारी धनी आरुघाट गाउँपालिका १ का ३५ वर्षिय राजकुमार गुरुङ, उनकी छोरी वर्ष ३ कि दिब्या गुरुङ घाईते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भईरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ ।

वर्षातले बाटो बिग्रिएको र रातीको समयमा जोखिम मोलेर यात्रा गरेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ०७:३६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology