काठमाण्डौ, २८ कार्तिक । आज थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ ।
त्यस्तै, सङ्क्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।