Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनाको तल्लो ढुङ्ग्रे गाउँमा पहिलो पटक मोटरगाडी पुग्यो, खुशीयालीमा स्थानीयले चालकलाई लगाईदिए फुलमाला

इच्छाकामनाको तल्लो ढुङ्ग्रे गाउँमा पहिलो पटक मोटरगाडी पुग्यो, खुशीयालीमा स्थानीयले चालकलाई लगाईदिए फुलमाला

इच्छाकामना न्युज

५, आश्विन २०७८
इच्छाकामनाको तल्लो ढुङ्ग्रे गाउँमा पहिलो पटक मोटरगाडी पुग्यो, खुशीयालीमा स्थानीयले चालकलाई लगाईदिए फुलमाला
images

ढुङ्ग्रे, ५ असोज । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ को तल्लो ढुङ्ग्रे गाउँमा पहिलो पटक मोटरगाडी पुगेको छ। नयाँ ग्रामिण कृषि सडक निर्माण भएसँगै उक्त गाउँमा पहिलो पटक सोमबार मोटरगाडी पुगेको हो।

images
images

गाउँमा पहिलो पटक मोटरगाडी आएको खुशीयालीमा स्थानीयले गाडीको चालकहरुलाई फुलमाला र अबिर रंग्याएर स्वागत गरेका थिए। गाउँमा गाडी चल्न सुरु भएसँगै त्यहाँ उत्पादित कृषि सामाग्रीहर सहज रुपमा बजार पुर्‍याउन सकिने अवस्था सृजना भएको स्थानीय यम बहादुर गुरुङले बताए।

उनका गत आर्थिक वर्षको असार मसान्तमा नै सडक निर्माण भैसकेको भएपनि गाउँमा गाडी भने सोमबार मात्र पुगेको हो। जलविरे–चण्डिभञ्ज्याङ कृषि सडक अन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुङ्ग्रेसम्म ३ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ। उक्त गाउँमा मोटरबाटो पुर्‍याउनका लागि माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सांसद घनश्याम दाहालको विशेष पहलमा बागमती प्रदेश सरकारले सशर्त अनुदानबाट २५ लाख लगानी गरेको स्थानीय यम बहादुर गुरुङले बताए। 

.तस्वीर सौजन्यः यम बहादुर गुरुङ 

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०८:३९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology