Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर महानगरद्वारा अनधिकृत राखिएका होर्डिङबोर्ड हटाउन सुरु

भरतपुर महानगरद्वारा अनधिकृत राखिएका होर्डिङबोर्ड हटाउन सुरु

इच्छाकामना न्युज

२७, कार्तिक २०७७
भरतपुर महानगरद्वारा अनधिकृत राखिएका होर्डिङबोर्ड हटाउन सुरु
images

चितवन, २७ कात्तिक । भरतपुर महानगरपालिकाले विभिन्न चोकचोकमा अनाधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड धमाधम हटाउन सुरु गरेको छ ।

images
images

महानगरलाई नै कुरुप बनाउने गरी विभिन्न ठाउँमा टासिएका होडिङ बोर्ड हटाउन थालेको महानगरका प्रवक्त एवम् भरतपुर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए । गत कात्तिक २३ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार महानरभित्र अनाधिकृत तथा स्वीकृतरुपमा राखिएका होडिङ बोर्ड फाल्न सुरु गरिएको बताए ।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक महिनादेखि नै सूचना निकाली हटाउन थालिएको बताए । उनका अनुसार होर्डिङ बोर्डको सट्टामा निश्चित ठाउँ र मापदण्डअनुसार डिजिटल साइनबोर्ड राख्ने तयारी महानगरले गरेको छ । डिजिटल बोर्डको टेन्डर छिट्टै खोल्ने उनले जानकारी दिए ।

 

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १६:३३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology