Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चर्चित गायिका विष्णु माझीको अवस्था बारे मानव अधिकार आयोगको चासो, माझीको माइतीघरमा पुग्यो प्रहरी

चर्चित गायिका विष्णु माझीको अवस्था बारे मानव अधिकार आयोगको चासो, माझीको माइतीघरमा पुग्यो प्रहरी

इच्छाकामना न्युज

२८, भाद्र २०७८
चर्चित गायिका विष्णु माझीको अवस्था बारे मानव अधिकार आयोगको चासो, माझीको माइतीघरमा पुग्यो प्रहरी
images

काठमाडौं, २८ भदौ । चर्चित लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा-परिचर्चा हुँदै आएका छन् ।

images
images

उनको पछिल्लो गीत ‘चरी जेलैमा’ ले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक सोधपुछ गरेका थिए । आयोगका प्रवक्ता टीकाराम पोखरेलले माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ । स्याङ्जाका एसपी होबिन्द्र बोगटीका अनुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले सोधपुछ गरेको  बताए ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषयमा सर्वत्र चासो व्यक्त गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् । उनले, गीत गाउने क्रममा समेत कालो पर्दा लगाएर गाउने गरेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् ।

पछिल्लो समय विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २०:१४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology