Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तनहुँबाट लागुऔषध र भरुवा बन्दुक सहित ४ जना प्रहरी नियन्त्रणमा

तनहुँबाट लागुऔषध र भरुवा बन्दुक सहित ४ जना प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

२५, कार्तिक २०७७
तनहुँबाट लागुऔषध र भरुवा बन्दुक सहित ४ जना प्रहरी नियन्त्रणमा
images

तनहुँ, २५ कार्तिक
  लागुऔषध र भरुवा बन्दुकसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ।
जिल्लाको शुक्लागण्डकी–२ हलेदी स्थितमा लागुऔषध कारोवार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको प्रहरी टोलिले शुक्लागण्डकी–२ शेरा बस्ने वर्ष ३० को मनोज क्षेत्रीलाई सोमबार पक्राउ गरेको छ ।
त्यस्तै गोरखाको साबिक आरूपोखरीथोक गाविस ४ स्थायी घर भई हाल शुक्लागण्डकी–५ बस्ने वर्ष ३० को रबि गुरूङ र व्यास–४ दमौली बस्ने वर्ष २१ का सन्तोष गुरूङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनिहरूको साथबाट डाईजेपाम, नुर्फिन, फेनेरागन गरी कुल २८६ वटा एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त घटनामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको भिमाद नगरपालिका–२ बन्दिछाप सिमलबोट बस्ने वर्ष ६० को टुक बहादुर थापाले अवैध रुपमा हातहतियार साथमा लिई हिंडी रहेको भन्ने गोप्य सुचनाको आधारमा भरुवा बन्दुक हातमा लिई हिडँडुल गरिरहेको अवस्थामा उनलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 सो विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।

 

 

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १८:२८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology