Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनको इच्छाकामना र गोरखाको शहिद लखन, गण्डकी गाउँपालिकाको विभिन्न क्षेत्रमा भोली र पर्सी विद्युत् अवरुद्ध हुने

चितवनको इच्छाकामना र गोरखाको शहिद लखन, गण्डकी गाउँपालिकाको विभिन्न क्षेत्रमा भोली र पर्सी विद्युत् अवरुद्ध हुने

इच्छाकामना न्युज

१७, भाद्र २०७८
चितवनको इच्छाकामना र गोरखाको शहिद लखन, गण्डकी गाउँपालिकाको विभिन्न क्षेत्रमा भोली र पर्सी विद्युत् अवरुद्ध हुने

मुग्लिन,१७ भदौ । चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

images

मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लि.मुग्लिनका अनुसार ११ केभिए प्रशारण लाइनमा बुस कटिङ्ग कार्य हुने भएकाले चितवनको इच्छाकामनाका मुग्लिन, केबुलकार, कुरिनटार चुम्लिङ्गटार, फिस्लिङ्ग लगायतका क्षेत्र र गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा शुक्रबार र शनिबार दुई दिन विहान ७ बजे देखि दिउँसो २ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

  तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १९:१६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology